Kathmandu Press

महोत्तरीको गौशाला र तनहुँमा ग्लोबल आइएमईको शाखा

यस्तै, बैंकले तनहुँको बन्दीपुर गाउँपालिका–६, हुस्लाङ तथा सारांघाटमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
महोत्तरीको गौशाला र तनहुँमा ग्लोबल आइएमईको शाखा

काठमाडाैं, फागुन २४ : ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुनेछ ।

यस्तै, बैंकले तनहुँका थप दुई स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले तनहुँको बन्दीपुर गाउँपालिका–६, हुस्लाङ तथा सारांघाटमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

यी दुई नयाँ शाखारहित बैंकिङ सेवाको सञ्चालनसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या दुई सय ७७ पुगेको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको नयाँ शाखा कार्यालय सञ्चालनसँगै तीन सय ५६ शाखा कार्यालय, तीन सय ७९ एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।

ग्लोबल आइएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।

 

 

प्रकाशित मिति: १०:४५ बजे, बिहीबार, फागुन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्