Kathmandu Press

सात महिला चलचित्रकर्मी सम्मानित

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल रहेका छन् ।
सात महिला चलचित्रकर्मी सम्मानित

काठमाडौँ, फागुन २४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  नेपाली चलचित्रमा योगदान पुर्याएका महिला चलचित्रकर्मीलाई सम्मान गरेकी छिन् । 

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल रहेका छन् । उनीहरुलाई जनही नगद रु २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

Hardik ivf

उक्त अवसरमा मन्त्री शर्माले चलचित्र ऐन छिट्टै बन्ने जनाउँदै संस्थागतरूपमा बोर्डमार्फत सुझाव मन्त्रालयमा पठाउन आग्रह गर्नुभयो गरे । उनले भने,“चलचित्र ऐनले महिलालाई चलचित्र विकास बोर्ड, चलचित्र जाँच समितिलगायतमा बलियो उपस्थिति गराउने छ भन्नेमा म विश्वस्त हुन आग्रह गर्दछु । अब बन्ने कानुनले महिलालाई नेतृत्वदायी भूमिकाका लागि अवश्य तयार गर्नेछ । ”

मन्त्री शर्माले आउँदो वर्षमा पनि अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भ पारेर महिला चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रमसँगै अन्य विविध सिर्जनात्मक क्रियाकलापलाई बोर्डले निरन्तरता दिने सुझाव दिए । 

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भने,“हामीले चलचित्र क्षेत्रमा क्रियाशील रहेका महिला चलचित्रकर्मीलाई हौसला प्रदान गर्न र आगामी यात्रामा हाम्रो साथ रहेको आभास गराउन सम्मानको कार्यक्रम तय गरेका हौँ । हामीले पुनः मन्त्रीज्यूलाई नै दोस्रो कार्यकालमा पाउँदा हामीले तयार पारेका योजनाले गति लिने विश्वास गरेका छौँ । चलचित्रकर्मी र यसमा क्रियाशील व्यक्तिले छिट्टै परिवर्तन महसुस गर्नु हुनेछ ।”

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नेत्रप्रसाद सुवेदी, चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी, राजु केसी, केएल बुढाथोकी, केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषिराज आचार्य, प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री चैत्य देवी, करिष्मा मानन्धर, चलचित्र निर्देशक रक्षासिंह राणा, चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुस्कर लामालगायत सहभागी थिए ।

प्रकाशित मिति: ०७:१० बजे, बिहीबार, फागुन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्