Kathmandu Press

स्वास्थ्यमा समस्या आएपछि डा. भट्टराई अस्पताल भर्ना

काठमाडौं, चैत ६ : पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई अस्पताल भर्ना गरिएको छ। स्वास्थ्यमा समस्या आएपछि उनलाई ब....

स्वास्थ्यमा समस्या आएपछि डा. भट्टराई अस्पताल भर्ना

काठमाडौं, चैत ६ : पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई अस्पताल भर्ना गरिएको छ। स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार राति बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको थियो।

एक्कासि ढाड दुखेपछि उनलाई अस्पताल लगिएको थियो। अहिले उनको अवस्था सामान्य रहेको उनका प्रस सल्लाहकार विश्वदीप पाण्डेले बताए। रक्त सञ्चालनमा अवरोध पुगेको आशंकामा गरिएको सबै परीक्षणको रिपोर्ट सामान्य आएको उनले बताए।

उनलाई आजै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।

प्रकाशित मिति: ११:३३ बजे, बिहीबार, चैत ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्