Kathmandu Press

तीस हजार घुससहित  श्रेस्तेदार पक्राउ

कास्की, चैत ६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। 

तीस हजार घुससहित  श्रेस्तेदार पक्राउ

कास्की, चैत ६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। 

आयोगको टोलीले बुधबार राति मुद्दाका एक पक्षसँग ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पराजुलीलाई पोखरा–५ पर्स्रयाङस्थित एक पसलबाट पक्राउ गरेको हो। आयोगका सूचना अधिकारी मेघनाथ रिजालले श्रेस्तेदार पराजुलीलाई एक मदिरा पसलबाट अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको पुष्टि गर्दै उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।

सङ्गठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै श्रेष्तेदार पराजुलीले घुस मागेका थिए।  शुरुमा ५० हजार रुपैयाँ मागेका पराजुलीले छलफलका क्रममा ३० हजार रुपैयाँमा कुरा मिलाएर सो रकम बुझेको स्रोतले जनाएको छ । श्रेस्तेदार पराजुलीको सर्वोच्च अदालतमा हालै सरुवा भइसकेको थियो।

प्रकाशित मिति: ११:२३ बजे, बिहीबार, चैत ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्