संस्कृति पुस्तान्तरण गर्न इलाममा आदिवासी याक्थुङ/लिम्बु साँस्कृतिक महोत्सव

विराटनगर, फागुन २२: संस्कृति जगेर्नाका लागि इलाममा आदिवासी याक्थुङ, लिम्बू सांस्कृतिक महोत्सव र किरात याक्थुङ चुम्लुङ आयोजना हुने भएको छ । आदिवासी लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
फागुन २४ र २५ गते तथा २५औं राष्ट्रिय चुम्लुङ आयोजना गरिने आयोजकले जनाएको छ । चुम्लुङका महासचिव निरन्ती तुम्बापोका अनुसार चुम्लुङ संघीय कार्य समिति तथा आदिवासी याक्थुङ, लिम्बू सांस्कृतिक महोत्सव मूल आयोजक समितिको आयोजनामा कार्यक्रम गर्न लागिएको हो ।
पूर्वका ९, उपत्यकाका ३ र चितवनका समेत गरी १३ जिल्लाका दुई सयभन्दा धेरै महोत्सवमा सहभागी हुने जनाइएको छ ।
महोत्सवमा विदेशस्थित चुम्लुङका प्रतिनिधिको पनि सहभागिता हुनेछ । त्यस क्रममा मौलिक जातीय पहिरन लगाएर प्रतिनिधिहरु सहभागी हुने आयोजकको भनाइ छ ।
महोत्सवका क्रममा धान नाच, च्याब्रुङ नृत्यसहित मौलिक सांस्कृतिक कला र परम्पराको प्रदर्शन गरिने भएको छ ।











-(86)-1764936079.jpg)
