सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं, फागुन २२: मंगलबार सुनको मूल्यले हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकेको छ ।
यो मूल्य अहिलेसम्मकै उच्च हो भने सोमबारको तुलनामा २ हजार रुपैयाँ बढी हो । सोमबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता मूल्य केही घटेर फागुन ३ गते १ लाख १६ हजार ५ सय रुपैयाँमा झरेको थियो । फागुन ३ गतेबाट भने मूल्य उकालो लागेको हो ।
प्रकाशित मिति: ११:०४ बजे, मंगलबार, फागुन २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












