Kathmandu Press

पूर्वमन्त्री गगन थापाले गराए सरकारको ध्यानाकर्षण 

काठमाडौं, चैत्र ६ : नेपाली काँग्रेसका युवा नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले ‘कोभिड–१९’ जोखिम रोकथामका लागि तत्काल विभि....

पूर्वमन्त्री गगन थापाले गराए सरकारको ध्यानाकर्षण 

काठमाडौं, चैत्र ६ : नेपाली काँग्रेसका युवा नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले ‘कोभिड–१९’ जोखिम रोकथामका लागि तत्काल विभिन्न कदम चाल्न सरकारलाई सुझाव दिएका छन् ।

 ‘कोभिड–१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोगक उपप्रधानमन्त्री ईश्वर पोखरल ‘कोभिड– १९’ जोखिम सम्बन्धमा तत्काल आवश्यक कदम चाल्न ध्यानाकर्षण गराउँदै उनले सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक तयारीमा जुट्न आग्रह गरेका छन् । नेपाल बाहिरबाट हवाई मार्गहुँदै नेपाल भित्रने व्यक्तिलाई आगमनमा प्रतिबन्ध लगाउने वा अनिवार्य क्वारेन्टाइनमा राख्ने वा निश्चित प्रक्रिया पूरा गरेर आउनेलाई उचित स्वास्थ्य परीक्षणपछि मात्र प्रवेश दिने तीन विकल्प उनले प्रस्तुत गरेका छन् ।

सेल्फ क्वारेन्टाइनलाई अनिवार्य गर्न, विमानस्थालबाट यात्रु बस्ने स्थानसम्म सुरक्षित लैजाने व्यवस्था गर्न र स्वास्थ्यकर्मीलाई संलग्न गरी स्थानीय तहलाई परिचालन गरी सेल्फ क्वारेन्टाइनको पूर्ण पालना गर्न लगाउने संयन्त्रको तत्काल निर्माण गरी कार्यान्वयनमा लैजान पूर्वमन्त्री थापाले सुझाव दिएका छन् ।

उनले नेपाल भारतबीच रहेका खुला नाकामध्ये अत्यावश्यकबाहेक अन्य सम्पूर्ण बन्द गर्न तथा खुला नाकामा आवश्यक जनशक्ति, उपकरण, आइसोलेशन कक्ष, एम्बुलेन्स र सुरक्षाको प्रबन्ध गरी २४सै घण्टा जाँच गर्ने कार्यलाई निश्चित गरी एम्बुलेन्स र अस्पताल तोक्नेलगायतका ११ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् । 

प्रकाशित मिति: ०७:०५ बजे, बिहीबार, चैत ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्