‘डाक्टर भगवान हो, त्यो हिसाबले काम पनि हुनुपर्यो’
आइताबर नेपाल मेडिकल एसोसिएशन, जनकपुरधामद्वारा आज आयोजित मधेश हेल्थ सम्मिटलाई सम्बोधन गर्दै उनले स्वास्थय क्षेत्रमा प्रदेशमा १५ प्रतिशत बजेट छुट्याएर काम अघि बढाएको जानकारी दिए।जनकपुरधाम, फागुन २० : मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका आठ वटै जिल्लामा एक एक वटा गरी आठ वटा मेडिकल कलेज स्थापना गर्ने लक्ष्य लिएको बताएका छन्।
आइताबर नेपाल मेडिकल एसोसिएशन, जनकपुरधामद्वारा आज आयोजित मधेश हेल्थ सम्मिटलाई सम्बोधन गर्दै उनले स्वास्थय क्षेत्रमा प्रदेशमा १५ प्रतिशत बजेट छुट्याएर काम अघि बढाएको जानकारी दिए।
‘प्रदेशमा १५ प्रतिशत बजेट छुट्याएर काम अघि बढाएको छु। आउने दिनमा स्वास्थ्य बजेट बीस पच्चीस प्रतिशतसम्म पुर्याइनेछ,’ उनले भने। मुख्यमन्त्री यादवले सरकारले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन गरी चार क्षेत्रमा ’हब’ बनाइने लक्ष्य लिएको पनि घोषणा गरे।
चिकित्साकर्मीहरुको सुविधा र वृतिविकासका लागि उठेको जिज्ञासालाई उल्लेख गर्नुहुंदै यसबारे आफू वचनवद्ध रहेको बताए।साथै सेवाको गुणवत्तामा ध्यान दिनपनि उनले चिकित्सकहरुसंग आग्रह गरे।
‘उपचार राम्रो छ, अलि अलि सुधार पनि भैरहेको छ तर जति सुधार हुनुपर्ने हो हुनसकेको छैन। डाक्टर भगवानको रुपमा हुन्छन् त्यो हिसाबले कामपनि हुनुपर्यो,’ उनले भने।