होटलमा स्यानिटाइजर अनिवार्य
काठमाडौं, चैत ५ः सरकारले होटलहरुमा स्यानिटाइजर अनिवार्य गरेको छ। नोबल कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले अनिवार्यरुपमा स्यानिटाइजर राख्न होटल व्यवसा....

काठमाडौं, चैत ५ः सरकारले होटलहरुमा स्यानिटाइजर अनिवार्य गरेको छ। नोबल कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले अनिवार्यरुपमा स्यानिटाइजर राख्न होटल व्यवसायीलाई निर्देशन दिएको हो।
बुधबार बसेको कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको बैठकले होटल, रेस्टुरेन्ट तथा सपिङ्ग मलका संचालकहरुलाई हात सफा गर्ने स्यानिटाइजरलगायत सफाइका सामाग्री प्रवन्ध गर्न भनेको छ। यस्तै टेवल, कुर्सी, बार रेलिङ र शौचालय आदी स्थानहरुमा नियमित रुपमा डिसइन्फेक्सन छर्कनसमेत भनेको छ। यस्तै तापक्रम मापन गर्ने उपकरण तथा सामाग्रीको व्यवस्था गरी प्रवेश गर्ने व्यक्तिहरुको स्वास्थ्य जाँच गर्नसमेत बैठकले भनेको छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

