२५ जनामा भन्दा बढी व्यक्ति सार्वजनिक स्थानमा भेला हुन नपाइने
काठमाडौं, चैत ५ : सरकारले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ। नोबल कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले २५ जना भन्दा बढीलाई ....

काठमाडौं, चैत ५ : सरकारले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ। नोबल कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले २५ जना भन्दा बढीलाई भेला हुन रोक लगाएको हो।
बुधबार कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको बैठकले अत्यावश्यक काम बाहेक आवतजावत र हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ। यस्तै पार्टीप्यालेस, मठमन्दिर, गुम्वा, मस्जिद, चर्च जस्ता धामिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी मानिस भेला हुन बन्द गर्ने निर्णय गरेको छ। त्यसको अनुगमन गृहमन्त्रालय र पर्यटन मन्त्रालयले गर्नेछन्।
सँगै सार्वजनिक सवारी साधनहरुमा सिट क्षमता भन्दा बढी यात्रु ओसारपसार गर्नसमेत रोक लगाइएको छ। सार्वजनिक यातायातका सवारी धनीलाई गाडी चलाउनु अघि प्रत्येक दिन डिसइन्फेक्सन छर्कन निर्देशन दिएको छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

