अध्ययन भन्छ- कोरोना भाइरस तीन घण्टासम्म हावामा बाँच्छ
काठमाडौं, चैत्र ५ : महामारीको रुपमा फैलिएको कोरोना भाइरस केही समय हावामा पनि बाँच्ने एक अध्ययनले देखाएको छ।
अमेरिकाको एलर्जी र संक्रामक रोगह....

काठमाडौं, चैत्र ५ : महामारीको रुपमा फैलिएको कोरोना भाइरस केही समय हावामा पनि बाँच्ने एक अध्ययनले देखाएको छ।
अमेरिकाको एलर्जी र संक्रामक रोगहरूको राष्ट्रिय संस्थानका वैज्ञानिकहरूले हालै गरेको अध्ययनअनुसार थुकका छिट्टाबाट हावामा फैलिएका भाइरसहरु पूर्णरुपमा निस्क्रिय हुन तीन घण्टा लाग्ने छ।
त्यस्तै हावामा भाइरस फैलिएको ६६ मिनेटमा तीन चौथाई भाइरस निस्क्रिय भएपनि पूर्ण रुपमा नष्ट हुन तीन घण्टा लाग्ने अध्ययनले देखाएको हो।
अनुसन्धानकर्ताहरुले एक संक्रमित व्यक्तिको नक्कल गरी हाच्छ्यु गर्दा हावामा फैलिएका भाइरसलाई जम्मा गरी अध्ययन गरेका थिए। उनीहरुको यस अध्ययनले हाच्छ्यु गर्दा थुकका छिट्टाबाट निस्किएका आधा भाइरस तीन घण्टासम्म जिवित रहने निश्कर्ष निकालेको हो।
साथै अध्ययनअनुसार प्लाष्टिक र फलाममा तीन दिनसम्म यो भाइरस जिवित रहन सक्छ भने काठको बस्तुमा २४ घण्टासम्म रहन सक्छ। तामामा भने चार घण्टासम्म मात्र रहन सक्ने छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

