Kathmandu Press

विश्व बैंकले २६ अर्ब ५१ करोड ऋण प्रदान गर्ने

विश्व बैंकको कार्यकारिणी समितिको शुक्रबारको बैठकले सो निर्णय गरेको हो।
विश्व बैंकले २६ अर्ब ५१ करोड ऋण प्रदान गर्ने

काठमाडौँ, फागुन १९ : विश्व बैङ्कले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर ९रु २६ अर्ब ५१ करोड० बराबरको ऋण सहयोग गर्ने भएको छ।

विश्व बैङ्कको कार्यकारिणी समितिको शुक्रबारको बैठकले सो निर्णय गरेको हो। उक्त सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मत–सम्भारमा सहयोग पुग्ने बैङ्कले जनाएको छ।

Hardik ivf

'विश्व बैङ्क नेपालको समावेशी विकासमा सहयोग गर्न प्रतिबद्ध छ। विश्व बैङ्कको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडिए) मार्फत हामीले सेवा र पूर्वाधारमार्फत नेपालीको जीवनस्तर सुधारका लागि सहयोग केन्द्रित गरेका छौँ,' बैङ्कका  माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फेरिस हदाद जार्भोसले भने।

वाशिङटन डिसीस्थित बैङ्कको प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपाललाई प्रदान गरिने सहायता रकममध्ये एक सय मिलियन  (करिब रु १३ अर्ब २५ करोड) रकम राजस्व सङ्कलनमा सुधार ल्याउन र ऋण व्यवस्थापनको पारर्शिता अभिवृद्धिमा उपयोग गरिनेछ।

प्रत्यक्ष वैदेशिक लगानी प्रक्रियालाई स्वचालित बनाउन सो रकम प्रयोग गरिनेछ। यस्तै, एक सय मिलियन (करिब रु १३ अर्ब २५ कराेड) बढी रकम भने प्रादेशिक (मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश) र स्थानीय सडक पूर्वाधारको मर्मत–सम्भारमा खर्च हुनेछ। त्यसबाट सेवा प्रवाहमा प्रभावकारिताका साथै स्थानीय समुदायमा सहज पहुँच पुग्नेछ।

प्रकाशित मिति: ०८:३५ बजे, शनिबार, फागुन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्