प्रवेशपत्र उपलव्ध गराइदिन्छु भन्दै घुस लिने प्रधानअध्यापक पक्राउ
जनकपुरधाम, चैत ५ : मिथिला नगरपालिका २ को जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र मेहता घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्ध....

जनकपुरधाम, चैत ५ : मिथिला नगरपालिका २ को जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र मेहता घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले उनलाई बुधबार घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।
बिहीबारदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागि परीक्षा फारम नभरेको एक विद्यार्थीलाई प्रवेश पत्र उपलब्ध गराइदिने भन्दै उनले विद्यार्थीबाट दुई हजार रुपैयाँ घुस लिएका थिए।
घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रकाशित मिति: १५:०० बजे, बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

