Kathmandu Press

काठमाडौंको सानो भर्‍याङबाट १० लाख थान मास्क बरामद

काठमाडाैं, चैत ५ : प्रहरीले काठमाडौंको सानो भर्‍याङबाट १० लाख थान मास्क बरामद गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले १० लाख थान मास्कसहित गोरखाक....

काठमाडौंको सानो भर्‍याङबाट १० लाख थान मास्क बरामद

काठमाडाैं, चैत ५ : प्रहरीले काठमाडौंको सानो भर्‍याङबाट १० लाख थान मास्क बरामद गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले १० लाख थान मास्कसहित गोरखाका विनोद न्यौपानेलाई पक्राउ गरेको हो।

कोरोना भाइरस संक्रमणको जोखम रहेको समयमा कालोबजारी गरि मास्क बेचेको भन्ने गुनासो आएपछि अनुगमनको क्रममा न्यौपाने पक्राउ परेको महाशाखाका एसएसपी सहकुल थापाले बताए।

महाशाखाले यस अघि मंगलबार मात्रै बढी मूल्यमा बेच्न खोजिएको १६ कार्टुन स्यानिटाइजर टेकुबाट  बरामद गरेको थियो । साथै मंगलबारै महाराजगञ्जबाट १४ हजार मास्क पनि बरामद गरेको थियो। 

त्यसअघि पनि काठमाडौं प्रहरी परिसर, टेकुले चैतमा २ गते काठमाडौंको विभिन्न स्थानबाट १० लाख ८ हजार मास्क बरामद गरेको थियो।

प्रकाशित मिति: १४:४३ बजे, बुधबार, चैत ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्