अनिश्चित समयको लागि म्याग्दीको तातोपानी कुण्ड बन्द
काठमाडौं, चैत ५ : कोरोना भाइरसको त्रास बढेसँगै म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानी कुण्ड अनिश्चितकालका लागि बन्द गरिने ....

काठमाडौं, चैत ५ : कोरोना भाइरसको त्रास बढेसँगै म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानी कुण्ड अनिश्चितकालका लागि बन्द गरिने भएको छ। आगामी शनिबारदेखि कुण्डमा नुहाउन बन्द गरिने कुण्ड व्यवस्थापन समितिले जनाएको छ।
प्राकृतिक तातोपानीमा नुहाउनाले बिरामी निको हुने भन्दै दैनिक सयौं व्यक्ति आउने गरेका थिए। कुण्ड व्यवस्थापन समितिका अभ्यक्ष वीरेन्द्रमान शाक्यले भने, भाइरस संक्रमण हुने डरले केही समयको लागि बन्द गर्ने निणर्य गरेका छौं।
जिल्ला प्रशासन कार्यालय, बेनी नगरपालिका, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालयलगायत सरोकारवालासँग छलफल गरी कुण्ड बन्द गर्ने निर्णय गरिएको समितिले जनाएको छ।
तातोपानीको कुण्डमा नुहाएमा विभिन्न छाला सम्बन्धि रोग, ग्याष्टिक जस्ता रोगहरु निको हुने विश्वास रहिआएको छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

