Kathmandu Press

छात्राको शंकास्पद मृत्यु प्रकरणमा प्रिन्सिपल देवकोटासहित तीनजना पक्राउ

रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतनको होस्टेलमा १४ वर्षीया शालिन पोखरेल शनिबार बिहान मृत भेटिएकी थिइन्।
छात्राको शंकास्पद मृत्यु प्रकरणमा प्रिन्सिपल देवकोटासहित तीनजना पक्राउ

भरतपुर, फागुन १७ : चितवनको एकता शिशु निकेतनको होस्टेलमा छात्राको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले प्रिन्सिपल बालहरी देवकोटासहित तीनजनालाई पक्राउ गरेको छ। 

रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतनको होस्टेलमा १४ वर्षीया शालिन पोखरेल शनिबार बिहान मृत भेटिएकी थिइन्। पक्राउ पर्नेहरूमा स्कुलका प्रिन्सिपल देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेल छन्।

Hardik ivf

कक्षा ८ मा पढ्दै गरेकी १४ वर्षीया छात्रा पोखरेलको मृत्युलाई लिएर अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। छात्रा पोखरेल होस्टेलको कोठाभित्र पंखामा डोरी लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। 

बालिकालाई बलात्कारपछि हत्या गरिएको दाबीसहित आफन्तले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। आफन्तले बलात्कारपछि हत्या गरिएको दाबी गरेका छन्। प्रहरीले शव पोष्टमार्टमका लागि काठमाडौं लगिएको समेत जनाएको छ। पोष्टमार्टम रिपोर्टपछि ‘क्ल्यु’ फेला पर्ने प्रहरीले बताइएको छ। 
 

प्रकाशित मिति: १६:२४ बजे, बिहीबार, फागुन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्