Kathmandu Press

विराटनगरबाट ‘माउन्टेन’ उडान सुरु हुन्छ : मुख्यमन्त्री कार्की

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रलाई प्राथमिकतामा राखेर थप पर्यटन प्रवर्द्धनका लागि विराटनगरबाट माउन्टेन उडान सुरु गर्ने योजना छिट्टै कार्यान्वयनमा आउने उनले बताए।
विराटनगरबाट ‘माउन्टेन’ उडान सुरु हुन्छ : मुख्यमन्त्री कार्की
Hardik ivf

सल्लेरी (सोलुखुम्बु), १७ फागुन : कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले विराटनगरबाट माउन्टेन उडान गर्ने बताएका छन्। उनले सगरमाथा क्षेत्रलाई आधार बनाएर विराटनगर–लुक्ला माउन्टेन उडान सुरु गर्ने बताए। 

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रलाई प्राथमिकतामा राखेर थप पर्यटन प्रवर्द्धनका लागि विराटनगरबाट माउन्टेन उडान सुरु गर्ने योजना छिट्टै कार्यान्वयनमा आउने उनले बताए। 'खुम्बु क्षेत्र सङ्घीय राजधानीसँग नजिक भए पनि प्रदेशसँग बिरानो भएको छ', उनले भन्नुभयो, 'यसलाई समाधान गर्न हामी गम्भीर छौँ। केही महिनाभित्रै विराटनगरबाट उडान गर्ने तयारी गरिरहेका छौँ।'

सगरमाथा क्षेत्रलाई उपयोग गरे पनि यसको संवर्द्धन गर्न राज्यले नसकेको मुख्यमन्त्री कार्कीको भनाइ थियो। खुम्बुको पर्यटन विकासका लागि आगामी मे २९ तारिख ‘सगरमाथा दिवस’ मनाउन आफूसहितको समूह सगरमाथा क्षेत्र पुग्ने उनले जानकारी दिए। प्रदेशमा अवस्थित विश्वको शिरलाई प्रवर्द्धन गर्न प्रदेश सरकार सदैव तयर रहेको उनको भनाइ थियो। (रासस)

प्रकाशित मिति: १२:४६ बजे, बिहीबार, फागुन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्