Kathmandu Press

फिलिपिन्समा आगलागीमा परी चार जनाको मृत्यु, आठ घाइते

स्थानीय समय अनुसार राति २ः०० बजतिर आगलागी हुँदा उनीहरू गहिरो निन्द्रामा रहेको नगरीय दमकल कार्यालयका वेन्डेल भिलानुएभाले बताएका छन्। 
फिलिपिन्समा आगलागीमा परी चार जनाको मृत्यु, आठ घाइते

मनिला, फागुन १६ : मध्य फिलिपिन्सको सेबु शहरमा एक दर्जनभन्दा बढी घरहरू जल्नेगरी भएको  आगलागीमा एकै परिवारका चार जनाको स्थानीय अग्निनियन्त्रकले बुधबार बताएका छन्। 

स्थानीय समय अनुसार राति २ः०० बजतिर आगलागी हुँदा उनीहरू गहिरो निन्द्रामा रहेको नगरीय दमकल कार्यालयका वेन्डेल भिलानुएभाले बताएका छन्। 

Hardik ivf

आगलागीबाट बाँचेका उनीहरूकी छोरीले सुरक्षाकर्मीसँगको कुराकानीमा दिएको जानकारी अनुसार आगलागीमा आमाबाबु र दुई भाइहरूको मृत्यु भएको बताए। 

उनले भने, 'बुबा, आमा र दुई भाईहरू घरको तेस्रो तलामा सुतिरहेको तथा अन्य सदस्यहरु तल्लो तलामा  सुतिरहेको अवस्थामा आगलागी भएको र माथिल्लो तलामा रहेका चार जनाको मृत्यु भएको छ।' 

आगलागीमा परी परिवारका अन्य आठ जना सदस्य घाइते भएका छन्। आवासीय क्षेत्रमा द्रूत गतिमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकलाई तीन घण्टा लागेको थियो भने आगलागीका कारण नजिकका ३० परिवार प्रभावित भएको जनाइएको छ। 

प्रकाशित मिति: १७:५२ बजे, बुधबार, फागुन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्