उत्तरपश्चिम पाकिस्तानमा बस खाल्डोमा खस्दा ६ जनाको मृत्यु, १५ जना घाइते
सो जिल्लाको खानपुर क्षेत्रमा तीव्र गतिका कारण बस दुर्घटना भएको भएको उद्धार सेवाले जनाएको छ। मृतक र घाइतेलाई स्थानीय अस्पतालमा लगिएको छ।इस्लामाबाद, फागुन १६ : पाकिस्तानको उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तको हरिपुर जिल्लामा मङ्गलबार बस खाल्डोमा खस्दा कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएका छन्।
सो जिल्लाको खानपुर क्षेत्रमा तीव्र गतिका कारण बस दुर्घटना भएको भएको उद्धार सेवाले जनाएको छ। मृतक र घाइतेलाई स्थानीय अस्पतालमा लगिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार प्रत्यक्षदर्शीले महिला र बालबालिका बोकेको बस पहाडी क्षेत्रबाट पूर्वी रावलपिण्डी शहरतर्फ जाँदै गर्दा दुर्घटना भएको बताएका छन्।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान छ। जीर्ण सवारी साधन, अव्यवस्थित सडक र सडक सुरक्षाको लापरवाहीका कारण पाकिस्तानमा प्रायः सडक दुर्घटना हुने गर्छन्।
प्रकाशित मिति: १७:४७ बजे, बुधबार, फागुन १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तानमा यात्रु बसमा आक्रमण, ४१ जनाको मृत्युशुक्रबार, मंसिर ७, २०८१
सी चिनफिङ र जो बाइडेनबीच भेट, ट्रम्पसँग सहकार्य गर्ने विषयमा छलफलसोमबार, मंसिर ३, २०८१
इजरायली प्रधानमन्त्री नेतन्याहूको घरमा आक्रमणआइतबार, मंसिर २, २०८१
बाइडेनले गरे ह्वाइटहाउसमा ट्रम्पको स्वागतबिहीबार, कात्तिक २९, २०८१