Kathmandu Press

६ किलोग्राम चरेससहित भारतीय पक्राउ

काठमाडौं, चैत ५ : नेपाल प्रहरीले ६ किलो १५० ग्राम  चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित ....

६ किलोग्राम चरेससहित भारतीय पक्राउ

काठमाडौं, चैत ५ : नेपाल प्रहरीले ६ किलो १५० ग्राम  चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मंगलबार साँझ पक्राउ गरेको हो।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रुगम कुँवरले झोलामा लुकाएर राखेको चरेससहित अन्सारीलाई पक्राउ गरिएको बताए। अन्सारीमाथि आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ। 

उनलाई आजै जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको उनले बताए।

प्रकाशित मिति: ११:४३ बजे, बुधबार, चैत ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्