बैंकका सिइओ पक्राउलाई लिएर नेपाल बैंकर संघमा छलफल
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनियमितताको आरोपमा ति कर्मचारीलाई पक्राउ गरेको थियो। पक्राउ परेका बैंक कर्मचारीलाई रिहा नगरे पेन डाउन गर्ने गर्ने बिषयमा छलफल भएको जनाइएको छ।
काठमाडौं, फागुन १६ : तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको पूर्वसीईओ तुलसी गौतम र प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओसहित १० जना पक्राउ परेको बिषयमा नेपाल बैंकर संघले बुधबार छलफल गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनियमितताको आरोपमा ति कर्मचारीलाई पक्राउ गरेको थियो। पक्राउ परेका बैंक कर्मचारीलाई रिहा नगरे पेन डाउन गर्ने गर्ने बिषयमा छलफल भएको जनाइएको छ।
छलफलमा वाणिज्य बैंकका सीईओहरु समेत सहभागी थिए। ऋणमा घोटालाको आरोपसहित प्रहरीले बहालवाला र पूर्वबैंकर लगायतलाई पक्राउ गरी सिआइवी हिरासतमा राखिएको छ।
पक्राउ परेका बैंक कर्मचारीलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले सात दिनको समय दिएको छ।
प्रकाशित मिति: १३:५३ बजे, बुधबार, फागुन १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












