ग्यास उद्योगीको आन्दोलनलाई देउवाले साथ दिने
काठमाडौं, फागुन १२ : फागुन ३० देखि ग्यास बिक्रीवितरण ठप्प पार्ने घोषणा गरेका ग्यास उद्योगीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर माग पूर....

काठमाडौं, फागुन १२ : फागुन ३० देखि ग्यास बिक्रीवितरण ठप्प पार्ने घोषणा गरेका ग्यास उद्योगीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर माग पूरा गर्न सरकारलाई दबाब दिन आग्रह गरेका छन् ।
आइतबार नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीको नेतृत्वको प्रतिनिधीमण्डलले बुढानिलकण्ठस्थित देउवा निवासमै पुगेर माग पूरा गर्न दबाब दिएका हुन् । सभापति देउवाले उद्योगीले उठाएको मागका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तत्कालै संबोधनका लागि आग्रह गर्ने प्रतिवद्धता जनाएका छन् ।
संघले बुधवार पत्रकार सम्मेलन गर्दै हड्तालको घोषणा गरेका थिए । संघले फागुन १७ गतेदेखि ग्यासको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) खरीद नगर्ने, फागुन २२ गतेदेखि भारतबाटै ग्यास उठाउन बन्द गर्ने, फागुन २५ गतेदेखि सबै भन्सार नाकाबाट ग्यास बुलेट नछुटाउने, फागुन २८ गतेदेखि सबै ग्यास उद्योग बन्द गर्ने र फागुन ३० गतेदेखि ग्यास बिक्रेताबाट ग्यास बिक्री गर्ने हड्तालका कार्यक्रम घोषणा गरेका हुन् ।
यो पनि पढ्नुहोस्
ग्यास उद्योगी र बिक्रेताले फागुन ३० देखि ग्यास बिक्री रोक्ने










