Kathmandu Press

उपल्लो डोल्पामा लगातार हिमपात, विकास निर्माण ठप्प

डोल्पा, चैत ५ : वसन्त ऋतुको सुरुआत भइसक्दा पनि उपल्लो डोल्पामा हिमपात रोकिएको छैन। मंगलबार राति भारी हिमपात भएको स्थानीय वासिन्दाले बताएका छन्।

....
उपल्लो डोल्पामा लगातार हिमपात, विकास निर्माण ठप्प
रासस

डोल्पा, चैत ५ : वसन्त ऋतुको सुरुआत भइसक्दा पनि उपल्लो डोल्पामा हिमपात रोकिएको छैन। मंगलबार राति भारी हिमपात भएको स्थानीय वासिन्दाले बताएका छन्।

उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकामा हिमपात भएको जनाएको छ। स्थानीय वासिन्दाका अनुसार, छार्काताङसोङ–१ छार्का गाउँ हिउले ढाकेको छ।

समुद्र सतहदेखि चार हजार दुई सय मिटरको उचाइमा रहेको छार्र्का गाउँ सेताम्य भएको छ। केही दिनदेखि लगातार हिउँ परिरहेको स्थानीय वासिन्दाले बताएका छन्।

हिमपातका कारण विकास निर्माण काम पनि हुन सकेका छैन। गाउँपालिकाले मंसिर अन्तिम सातादेखि पर्न थालेको हिउँ अझै नरोकिँदा कामकाजमा समस्या भएको जनाएको छ।

प्रकाशित मिति: १०:२१ बजे, बुधबार, चैत ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्