Kathmandu Press

आगामी आवमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी ढाँचा टुंग्याउने घोषणा

प्रतिनिधिसभाको सोमबार बसेकाे बैठक बैठकमा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गर्दै उनले निजगढमा विमानस्थल बनाउने विषय दशाकौंदेखि अलपत्र परेकाे बताए।
आगामी आवमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी ढाँचा टुंग्याउने घोषणा

काठमाडौं, फागुन १४ : अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी ढाँचा टुंग्याउने घोषणा गरेका छन्।

प्रतिनिधिसभाको सोमबार बसेकाे बैठक बैठकमा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गर्दै उनले निजगढमा विमानस्थल बनाउने विषय दशाकौंदेखि अलपत्र परेकाे बताए।

Hardik ivf

सरकारले निजी क्षेत्रको लगानीमा सो विमानस्थल निर्माणको प्रयास गर्दै आए पनि जमिनमा सीमांकन गर्नेबाहेकको प्रगति हुन सकेको छैन।

अर्थमन्त्री डा. महतले पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमताका सञ्चालनको प्रयास गरिने पनि बताए।

प्रकाशित मिति: १४:३१ बजे, सोमबार, फागुन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्