कोरोना भाइरसको उपचार गर्न चितवनमा ७२ घण्टाभित्र विशेष अस्पताल
काठमाडौं, चैत्र ४ : भरतपुर महानगरपालिकाले कोरोना भाइरस संक्रमण भएका बिरामी उपचार गर्ने विशेष अस्पताल सञ्चालनमा ल्याउने भएको छ। आगामी ७२ घण्ट....

काठमाडौं, चैत्र ४ : भरतपुर महानगरपालिकाले कोरोना भाइरस संक्रमण भएका बिरामी उपचार गर्ने विशेष अस्पताल सञ्चालनमा ल्याउने भएको छ। आगामी ७२ घण्टापछि पुर्ण रुपमा अस्पताल सञ्चालनमा ल्याउने महानगरको तयारी छ।
मंगलबार महानगरकी प्रमुख रेणु दाहालको संयोजकत्वमा भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि गठन गरिएको कार्यदलले चितवन उद्योग संघ भरतपुरको परिसरमा रहेको प्रदर्शनी केन्द्रलाई भरतपुर कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको हो।
अस्पतालमा १० आइसीयू, १० हाइडिपेन्डेन्ट युनिट र ५० वटा जेनरल गरी कुल ७० वटा शैया रहने महानगरले जनाएको छ।
अस्पतालका लागि आवश्यक उपकरण महानगरपालिका, उद्योग संघ, उद्योग वाणिज्य संघलगायतले उपलब्ध गराउनेछ।
महानगरका विभिन्न अस्पतालहरूमा स्क्रिनिङ गराउँदा कोरोना भाइरसको आशंका गरिएका बिरामीहरूलाई थप उपचारका लागि कोरोना विशेष अस्पतालमा पठाइने बताइएको छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

