Kathmandu Press

पेट्रोलियम पदार्थको कृतिम अभाव सिर्जना गर्ने पम्पलाई निगमले कारवाही गर्ने

काठमाडौं, चैत ४ : नेपाल आयल निगमले कोरोना भाइरसको त्रास देखाउँदै पेट्रोलियम पदार्थको कृतिम अभाव सिर्जना गर्ने पम्पहरुलाई कारवाही गर्ने भएको छ।&nb....

पेट्रोलियम पदार्थको कृतिम अभाव सिर्जना गर्ने पम्पलाई निगमले कारवाही गर्ने

काठमाडौं, चैत ४ : नेपाल आयल निगमले कोरोना भाइरसको त्रास देखाउँदै पेट्रोलियम पदार्थको कृतिम अभाव सिर्जना गर्ने पम्पहरुलाई कारवाही गर्ने भएको छ। 

कृतिम अभाव सिर्जना गरेको खण्डमा कडा कारवाहीसहित जरिवाना गरिने आयल निगमका निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए।

कोरोनाको कारण देखाउँदै व्यवसायीहरुले पेट्रोल लुकाउँदा बजारमा कृतिम अभाव सिर्जना भएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ती समान्य रहेको दाबी गरेपनि राजधानीका अधिकांश पम्पहरुले पेट्रोलियम पदार्थ नरहेको सूचना टाँसेका छन्। 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावटले मूल्य समायोजन हुनेभएपछि व्यवसायीहरुले कोरोनाको कारण देखाउँदै बजारमा कृतिम अभाव सिर्जना गरेका छन्। 

बजारमा अभाव सिर्जना  भएपछि राजधानीका पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन देखिन थालेको छ। कोरोनाका त्रासले आयात बन्द हुने डरले उपभोक्ताहरुले आवश्यकताभन्दा बढी भण्डारण गर्न थालेका छन्।

नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको आपूर्ति सहजरुपमा भइरहेको निगमका निर्देशक पौडेलले जानकारी दिए।  आयल निगमका अनुसार उपत्यकामा सोमबार साँझसम्म ७ लाख २९ हजार  पेट्रोल र ६ लाख ५४ हजार डिजेल विक्री भएको छ। 

कोरोनाको त्रासले आवश्यकताभन्दा बढी  भण्डारण नगर्न आयल निगमले उपभोक्तालाई अनुरोध गरेको छ।

प्रकाशित मिति: १८:१३ बजे, मंगलबार, चैत ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्