सहुलियत पसल सञ्चालन गरेर सामान विक्री गर्छौं : मन्त्री भट्ट
काठमाडौं, चैत ४ : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चाडपर्वमा जस्तो सहुलियत पसल सञ्चालनमा ल्याउने बताएका छन्।
उद्योग तथा....

काठमाडौं, चैत ४ : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चाडपर्वमा जस्तो सहुलियत पसल सञ्चालनमा ल्याउने बताएका छन्।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको मंगलबार बसेको बैठकमा मन्त्री भट्टले सहुलियत पसलबाट विपद्का समयमा कोटा अनुसार सामान विक्री गर्ने तयारी भएकाे बताए। सहुलियत पसल कहिलेदेखि सञ्चालनमा ल्याइने भने उनले बताएका छैनन्।
समितिले कोरोना भाइरसको कारण आपूर्तिमा आएको असहजताबारे छलफल गर्न मन्त्रीसहीत मन्त्रालयका सचिव बैकुण्ठ अर्याल र मातहतका निकायका अधिकारीहरुलाई मंगलबार बोलाएको थियो।
प्रकाशित मिति: १८:०६ बजे, मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

