Kathmandu Press

अष्ट्रियाका पूर्व चान्सलर कुर्जलाई आठ महिनाको जेल सजाय

कुर्जले अस्ट्रियाको संसद्को छानबिन समिति समक्ष झुटो बयान दिएको अदालतले फैसलामा उल्लेख गरेको अस्ट्रियाली समाचार संस्था एपीएले जनाएको छ। 
अष्ट्रियाका पूर्व चान्सलर कुर्जलाई आठ महिनाको जेल सजाय

भियना, फागुन १२ :  अष्ट्रियाका पूर्वचान्सलर सेबास्टियन कुर्जलाई झुटो बयान दिएको अभियोगमा भियना क्षेत्रीय अदालतले शुक्रबार दोषी ठहर गर्दै आठ महिनाका जेल सजाय सुनाएको छ।

कुर्जले अस्ट्रियाको संसद्को छानबिन समिति समक्ष झुटो बयान दिएको अदालतले फैसलामा उल्लेख गरेको अस्ट्रियाली समाचार संस्था एपीएले जनाएको छ। 

उनले सरकारी स्वामित्व रहेको कम्पनी ओईबीएजीको सल्लाहकार समितिको नियुक्तिमा संसदीय अनुसन्धानको क्रममा स्वीकार गरेभन्दा बढी प्रभाव पारेको प्रमाणले देखाएको छ।

सैंतीस वर्षीय सन् २०१७ देखि २०१९ सम्म र २०२० देखि २०२१ सम्म अष्ट्रियाको चान्सलरको रूपमा काम गरेका थिए। भ्रष्टाचारको आरोप लागेपछि सन् २०२१ को अक्टोबरमा उहाँले चान्सलर पदबाट राजीनामा दिएका थिए। 

सन् २०२१ को डिसेम्बरमा उनले राजनीतिबाट टाढा हुने घोषणा गरेका थिए।

प्रकाशित मिति: १७:३६ बजे, शनिबार, फागुन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्