पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु
उक्त घटनामा कम्तीमा ४४ जना घाइते भएका बताइएको छ।नानजिङ, फागुन १२ : पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको स्थानीय सरकारले शनिबार बिहान जनाएको छ।
उक्त घटनामा कम्तीमा ४४ जना घाइते भएका बताइएको छ। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ। स्थानीय दमकल विभागलाई युहुताई जिल्लाको एक आवासीय भवनमा आगलागी भएको सूचनापछि घटनास्थलमा पुगेका अग्नि नियन्त्रकहरूले आगलागीलाई करीब दुई घण्टामा नियन्त्रणमा लिएको जनाएका छन्।
प्रारम्भिक अनुसन्धानमा उक्त भवनको पहिलो तल्लामा आगलागी भएको र उक्त स्थानमा विद्युतीय साइकलहरू राखिएको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:३३ बजे, शनिबार, फागुन १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तानमा यात्रु बसमा आक्रमण, ४१ जनाको मृत्युशुक्रबार, मंसिर ७, २०८१
सी चिनफिङ र जो बाइडेनबीच भेट, ट्रम्पसँग सहकार्य गर्ने विषयमा छलफलसोमबार, मंसिर ३, २०८१
इजरायली प्रधानमन्त्री नेतन्याहूको घरमा आक्रमणआइतबार, मंसिर २, २०८१
बाइडेनले गरे ह्वाइटहाउसमा ट्रम्पको स्वागतबिहीबार, कात्तिक २९, २०८१