एसइई परीक्षा : विद्यार्थीको स्वास्थ्य परीक्षण अनिवार्य गराउन शिक्षकको माग
काठमाडाैं, चैत ४ : नेपाल शिक्षक महासंघले चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै परीक्षा केन्द्रमा अनिवार्य स्वास्थ्य पर....

काठमाडाैं, चैत ४ : नेपाल शिक्षक महासंघले चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै परीक्षा केन्द्रमा अनिवार्य स्वास्थ्य परीक्षण गराउन माग गरेको छ।
महासंघका अध्यक्ष बाबुराम थापाले विश्वव्यापी संक्रमण भइरहेको ‘कोभिड–१९’ लाई सामना गर्दै परीक्षा सञ्चालनको विकल्प नभएकाले त्यसप्रति होसियारी हुन विद्यार्थीलाई परीक्षा हलमा प्रवेश गराउनुपूर्व स्वास्थ्य परीक्षण गर्न-गराउन सरकार र शिक्षक समुदायलाई सुझाएको बताए।
अध्यक्ष थापाले महासंघको सोमबार सम्पन्न राष्ट्रिय कार्यसम्पादन समितिको बैठकले परीक्षालाई सतर्कतापूर्वक सञ्चालन गर्न सघाउने निर्णयसहित स्वास्थ्य परीक्षण अनिवार्य गराउन माग गरेको बताए।
परीक्षामा साधारण र प्राविधिकतर्फ गरी चार लाख ८२ हजार २ विद्यार्थीले आवेदन दिएका छन् भने र एक हजार ९९४ परीक्षा केन्द्र तेकिएको छ। ललितपुरको रुद्रायणी मावि, खोकना परीक्षा केन्द्रका केन्द्राध्यक्षसमेत रहेका अध्यक्ष थापाले परीक्षाका क्रममा विद्यार्थीलाई कुनै हतोत्साहित नगरी मर्यादित बनाइने पनि स्पष्ट पारे।
उनले परीक्षापछि पढाइ नहुने भएपनि कोरोनाका कारण विद्यालयमा शिक्षकलाई विदा दिनुनपर्ने सो अवधिमा शिक्षकले आगामी शैक्षिक सत्रको योजना तर्जुमा गर्न सुझाव दिए। रासस









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

