Kathmandu Press

मधुवनका हाटबजार १५ दिनकाे लागि बन्द

बर्दिया, चैत ४ : मधुवन नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारीअन्तर्गत नगरका सबै हाटबजार बन्द गर्ने भएको छ। छिमेकी ....

मधुवनका हाटबजार १५ दिनकाे लागि बन्द

बर्दिया, चैत ४ : मधुवन नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारीअन्तर्गत नगरका सबै हाटबजार बन्द गर्ने भएको छ। छिमेकी मुलुकहरुमा कोरना भाइरस फैलिरहेको बेला नेपालमा पनि भित्रिनसक्ने भन्दै त्यसको जोखिम न्यूनीकरणका लागि १५ दिनका लागि नगरका सबै हाटबजार बन्द गर्ने निर्णय गरेको हो। 

कोभिड–१९ सम्बन्धी जानकारी तथा सचेतना गराउने उद्देश्यले बर्दियाको नगरपालिकाले स्वास्थ्य सहायता कक्ष स्थापना गरिसकेको छ। नगर प्रमुख गणेशबहादुर क्षेत्रीले भाइरससम्बन्धी चेतना हरेक व्यक्ति, घर र समुदायमा हुनुपर्ने भएकाले आफूले जानेको कुरा अरुलाई सिकाउन नगरवासीसँग आग्रह गरिएको बताए।

प्रकाशित मिति: १७:१३ बजे, मंगलबार, चैत ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्