Kathmandu Press

रौतहटमा भाउजुमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ

रौतहट, चैत ४ : रौतहटको यमुनामाई गाउँपालिका १ मा देवरले खुकुरी प्रहार गरी भाउजुको हत्या गर्ने प्रयास गरेका छन्। प्रहरीले पुनम सहनीमाथि खुकुरी प्रहार गर....

रौतहटमा भाउजुमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ

रौतहट, चैत ४ : रौतहटको यमुनामाई गाउँपालिका १ मा देवरले खुकुरी प्रहार गरी भाउजुको हत्या गर्ने प्रयास गरेका छन्। प्रहरीले पुनम सहनीमाथि खुकुरी प्रहार गरेको आरोपमा उनकै देवर राजकुमार सहनीलाई पक्राउ गरेको छ।

मंगलबार बिहान ४ बजे सुती रहेकी पुनमलाई राजकुमारले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। घरायशी विवादका कारण भाउजुमाथि खुकुरी प्रहार गरेको राजकुमारले प्रहरी समक्ष स्वीकारेका छन्।

पक्राउ परेका सहनीको साथबाट प्रहरीले रगत लागेको खुकुरीसमेत बरामद गरेको छ।

प्रकाशित मिति: १६:१५ बजे, मंगलबार, चैत ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्