विदेश पठाइदिने बहानामा ठगी गर्ने पक्राउ
काठमाडौं, चैत ४ : वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङका ३८ वर्षीय शिवकुमार ....

काठमाडौं, चैत ४ : वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङका ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ। उनले १० लाख रुपैयाँ भन्दा बढी ठगी गरेको उजुरी परेपछि महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो।
रोजगारीको प्रलोभनमा पारी नौ जनाबाट १० लाख ५३ हजार रुपैयाँ लिई उनी फरार भएका थिए । पीडितको जाहेरीका आधारमा खोजी थालेको प्रहरीले उनलाई काठमाडौंको गंगबुबाट पक्राउ गरेको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए। उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएके उनले बताए।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

