Kathmandu Press

बेथानचोकमा मेलमिलापकर्ता उत्पादन तालिम

फागुन २ देखि ९ गतेसम्म चलेको तालिममा गाउँपालिकाका ६ वटै वडाका ३० जना सहभागी भएको न्यायिक समिति संयोजक एवं उपाध्यक्ष गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिइन्।
बेथानचोकमा मेलमिलापकर्ता उत्पादन तालिम

काभ्रे, फागुन ९ : बेथानचोक गाउँपालिका न्यायिक समितिले नयाँ मेलमिलापकर्ता उत्पादन तालिम आयोजना गरेको छ।

फागुन २ देखि ९ गतेसम्म चलेको तालिममा गाउँपालिकाका ६ वटै वडाका ३० जना सहभागी भएको न्यायिक समिति संयोजक एवं उपाध्यक्ष गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिइन्।

Hardik ivf

तालिको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै उनले माध्यमबाट समाधान खोज्न सक्नु पर्ने धारणा बताइन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेको न्यायिक समितिले विवाद निरुपण गर्ने अधिकार राख्ने मात्र नभई नागरिकमा न्याय घरदैलोसम्म पु¥याई सामाजिक सदभाव कायम गर्ने भएकाले समाजमा विद्यमान समस्याहरुलाई मिलाउने भएकाले मेलमिलापकर्ताहरुले मुद्दा मिलिसकेपछि तुषका खाटा समेत नबस्ने खालको वातावरण सिर्जना हुनेगरी काम गर्नुपर्ने बताइन्।

चालु वर्षमा जिल्लाका १३ वटै स्थानीय पालिकामध्ये न्याय सम्पादनमा बेथानचोक पहिलो भएकोमा उनले खुशी व्यक्त गरिन्। यो वर्षमा ३६ वटा मुद्दा आएकोमा १० वटा मौखिक मिलान भएको,  २६ वटा मुद्दा दर्ता भएको, १० वटा मिलापत्र भएको, ८ वटा निर्णय फैसला भएको, २ वटा डिसमिस भएको, एउटा खारेज भएको, २ वटा मुद्दा फिर्ता भएको र ३ वटा मुद्दा चालु रहेको उनले जानकारी दिइन्।

कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले समितिलाई दिएको क्षेत्राधिकारको प्रभावकारी प्रयोग, अपनाउने कार्यविधिको मापदण्ड, स्वच्छ सुनुवाइ र निष्पक्ष भूमिका निर्वाह गर्न तालिमका सहभागीहरुलाई आग्रह गरे। उनले सुशासनका गतिविधिहरुमा बेथानचोक गाउँपालिका काभ्रेका गाउँपालिकाहरुमा पहिलो स्थानमा रहेको बताए।

मुख्य प्रशिक्षक रमिला हुमागाईंले सबैले जित्ने वातावरण बनाएर काम गर्न र फाटेका सम्बन्धनाई सियोले झैं जोडेर राख्ने वातावरण बनाउन सहभागीलाई आग्रह गरिन्।

तालिमको सहजीकरण शान्तिका लागि सहकार्य संस्था, नेपालले गरेको थियो।

प्रकाशित मिति: १९:११ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्