Kathmandu Press

विद्यार्थीलाई ग्लोबल आइएमईको डिजिटल साक्षरता

ग्लोबल आईएमई बैंकका रिलेसनसिप म्यानेजर सागरबहादुर सिंहले विद्यार्थीलाई डिजिटल बैंकिङका बारेमा सहजीकरण गरे ।
विद्यार्थीलाई ग्लोबल आइएमईको डिजिटल साक्षरता

काठमाडाैं, फागुन ७ : ग्लोबल आइएमई बैंकले विद्यार्थीलाई लक्षित गर्दै डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलअन्तर्गत बैंकले विद्यार्थीलाई लक्षित गर्दै डिजिटल साक्षरता कार्यक्रम गरेको हो।

Hardik ivf

ग्लोबल आईएमई बैंकका रिलेसनसिप म्यानेजर सागरबहादुर सिंहले विद्यार्थीलाई डिजिटल बैंकिङका बारेमा सहजीकरण गरे ।

सिंहले विद्यार्थीलाई डिजिटल बैंकिङका फाइदाबारे बताए । डिजिटल बैंकिङ सेवाले सेवाग्राहीलाई सहज बनाएको उनको भनाइ थियो । उनले मोबाइल बैंकिङमार्फत विद्यालयको शुल्क तिर्ने व्यवस्था मिलाइएको बताए।

‘स्कुलको फी पेमेन्ट सेवा धेरैलाई दिइरहेका छौं, बच्चालाई पैसा दिएर वा बुवाआमालाई भनेर पैसा तिर्ने गर्नु पर्दैन,’ उनले भने, ‘घरमै बसेर मोबाइल बैंकिङमार्फत स्कुलको खातामा फी तिर्न सकिन्छ।’

मोबाइल बैंकिङ निकै सुरक्षित भएको उनले बताए। ओटीपी कोर्ड, पासवर्ड, पिन नम्बर र सुरक्षा प्रश्न अरूसँग साझा नगर्न सिंहले अनुरोध गरे।

 

प्रकाशित मिति: १६:१८ बजे, सोमबार, फागुन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्