Kathmandu Press

आशंका गरिएका नौ बिरामीमा कोरोना संक्रमण नरहेकाे पुष्टि

लहान, चैत ४ : केही दिन अघि भारतबाट फर्किएका सिरहा नगरपालिका १० नरहैयाका नौ जनामा कोरोना संक्रमण नरहेको पुष्टी भएको छ। उनीहरुमा रुघाखोकी र ज्वरोको लक्ष....

आशंका गरिएका नौ बिरामीमा कोरोना संक्रमण नरहेकाे पुष्टि

लहान, चैत ४ : केही दिन अघि भारतबाट फर्किएका सिरहा नगरपालिका १० नरहैयाका नौ जनामा कोरोना संक्रमण नरहेको पुष्टी भएको छ। उनीहरुमा रुघाखोकी र ज्वरोको लक्षण देखिएको कारण थप परीक्षणका लागि सोमबार साँझ जानकरुी मेडिकल कलेज जनकपुर पठाइएको थियो।

उपचारको लागि पठाइएका सबैमा कोरोनाको कुनै लक्षण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए। कोरोना भाइरसको लक्षण नदेखिएपछि स्वास्थ्य परीक्षण नै नगराई सबै राति नै आ–आफ्नो घर फर्किएको प्रमुख यादवले बताए। 

रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरुलाई कोरोना भाइरस सङ्क्रमणको आशङ्का लागेर थप उपचारको लागि वडाध्यक्ष जुगत कामतीलगायत स्वास्थ्यकर्मीको टोलीले एम्बुलेन्समार्फत जनकपुर पठाएको थियो।

प्रकाशित मिति: १२:१६ बजे, मंगलबार, चैत ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्