Kathmandu Press

‘सुरूमा आर्थिक अवस्थामा समस्या थियाे, अहिले क्रमशः सुधार हुँदै गएको छ’

कांग्रेस महासमिति बैठकमा नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशाका बारेमा प्रतिवेदन पेस गर्दै महतले आफूले अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दा आर्थिक अवस्था समस्या रहे पनि अहिले क्रमश सुधार हुँदै गएको दाबी गरे।
‘सुरूमा आर्थिक अवस्थामा समस्या थियाे, अहिले क्रमशः सुधार हुँदै गएको छ’

काठमाडाैं, फागुन ८ : नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका अधिकांश विषयहरु कार्यान्वयनका क्रममा रहेको बताएका छन्।

कांग्रेस महासमिति बैठकमा नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशाका बारेमा प्रतिवेदन पेस गर्दै महतले आफूले अर्थमन्त्रालयको कार्यभार सम्हाल्दा आर्थिक अवस्था समस्या रहे पनि अहिले क्रमश सुधार हुँदै गएको दाबी गरे। उनले पुँजीगत खर्चलाई व्यवस्थित गर्न स्रोतको उपलब्धताका आधारमा महत्वपूर्ण आयोजनाहरुमा बहुवर्षीय ठेक्काको सहमती दिने गरी नयाँ मापदण्ड जारी गरिएको जानकारी दिए।

Hardik ivf

आवश्यकता र अपेक्षा अनुरुप राजस्व संकलन हुन नसकेको भएतापनि राजस्व परिचानलमा क्रमशः  सुधार भएको उनले बताए। नेपाल राष्ट्र बैंकसँग निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमशः  खुकुलो बनाउँदै लगिएको र मौद्रिक नीतिको हालैको समीक्षा मार्फत यसलाई थप लचिलो बनाईएको उनको प्रतिवेदनमा उल्लेख छ । उनले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ६.४७ प्रतिशत रहेको जानकारी दिए।

त्यस्तै सरकारले शुरु गरेका आर्थिक र बजेट प्रणाली सुधारका कार्यक्रमलाई थप विस्तार गरिने उहाले बताउनुभयो । आगामी वैशाख १६ र १७ गते सरकारले लगानी सम्मेलनको घोषणा गरी त्यसको तयारी शुरु गरेको, लगानी सम्मेलन अघि नै लगानीसँग सम्बन्धित कतिपय नीतिगत र कानुनी सुधार गर्ने कार्य अगाडि बढाइएको अर्थमन्त्री महतको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वृद्धिमा निजि क्षेत्रले नेतृत्व लिने र सरकार नियमन,वितरण र पूर्वाधार विकासमा केन्द्रित हुने समेत प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वृद्धिसँगै यसबाट प्राप्त प्रतिफललाई आम नागरिक विशेष गरि पछाडी परेका क्षेत्र वर्ग र समुदायमा पुर्याउनु नेपाली कांग्रेसको लक्ष्य रहेको उहाले उल्लेख गरेका छन्।

 

प्रकाशित मिति: १७:०८ बजे, मंगलबार, फागुन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्