Kathmandu Press

हत्याको आरोपमा तीन पक्राउ

दाङ, चैत ४ : तुलसीपुर उपमहानगरपालिका–५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जन....

हत्याको आरोपमा तीन पक्राउ

दाङ, चैत ४ : तुलसीपुर उपमहानगरपालिका–५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीका अनुसार पक्राउ पर्नेमा  तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी अनुप बस्नेत, सोही ठाउँका २२ वर्षीय सुशील बस्नेत र २५ वर्षीय अमिक खड्का रहेका छन्।  गए राति प्रहरीको टोलीले तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरागाउँमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई  पक्राउ गरिएको हो।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि सोमबार कोहलपुरस्थित  शिक्षण अस्पतालमा लगिएको थियो। उनको अवस्था गम्भीर रहेकाले अस्पताले थप उपचारका लागि काठमाडौं रेफर गरेको थियो। काठमाडौं लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो। 

डाँगीमाथि आइतबार राति टरिगाउँ विमानस्थल नजिक खुकुरी प्रहार भएको थियो।

प्रकाशित मिति: ११:३८ बजे, मंगलबार, चैत ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्