रूसी संवैधानिक अदालतबाट पूटिनको सुधार योजना स्वीकृत
काठमाडौं, चैत्र ४ : रूसको संवैधानिक अदालतले सोमबार राष्ट्रपति भ्लादिमिर पूटिनद्वारा प्रस्ताव गरिएको सुधारको संशोधन प्रस्तावलाई स्वीकृत गरेको छ ।
....
काठमाडौं, चैत्र ४ : रूसको संवैधानिक अदालतले सोमबार राष्ट्रपति भ्लादिमिर पूटिनद्वारा प्रस्ताव गरिएको सुधारको संशोधन प्रस्तावलाई स्वीकृत गरेको छ ।
यससँगै पूटिनको सुधार प्रस्ताव रूसको आधारभूत कानून बनेको छ । नयाँ कानूनी व्यवस्था अनुसार अब राष्ट्रपति पूटिनले आगामी दुई कार्यकाल रूसको कार्यकारी पदमा रहेर नेतृत्व गर्न पाउने आधार खडा भएको छ ।
संवैधानिक अदालतले आदेशलाई आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ भने आदेशको एक प्रति तत्काल राष्ट्रपति पूटिनलाई पठाएको रूसी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
नयाँ व्यवस्थासँगै पूटिने आगामी सन् २०३६ सम्म सत्तामा रहन पाउने कानूनी बाटो पनि खुला भएको छ ।
प्रकाशित मिति: ०८:२१ बजे, मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1763799581.jpg)