Kathmandu Press

नियम मिच्नेलाई ट्राफिक प्रहरीले नमस्कार गर्ने !

काठमाडौं, चैत्र ४ : ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने लगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि नमस्कार अभियान सुरु गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्....

नियम मिच्नेलाई ट्राफिक प्रहरीले नमस्कार गर्ने !

काठमाडौं, चैत्र ४ : ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने लगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि नमस्कार अभियान सुरु गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने चालक र सहचालकलाई चिट काट्ने अनि सिठ्ठी फुकेर लखेट्ने ट्राफिक प्रहरी अब भिन्न भूमिकामा देख्न पाइनेछ ।

सडकमा तैनाथ ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने चालकलाई अब कारबाही गर्नुभन्दा पहिले नमस्कार गर्छन् । त्यसपछि आवश्यकता अनुसार कानुन कार्यान्वयनका लागि कारबाही गर्नेछन् ।

“ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई छिट काटी सिट्ठी फुकेर लखेट्न् ट्राफिक प्रहरी अब भिन्न भूमिकामा देख्न पाइन्छ,” ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले विज्ञप्ति जारी गर्दै भनेका छन्, “सडकमा तैनाथ ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने चालकलाई कारवाही गर्नुभन्दा पहिले नमस्कार गर्छन् । त्यसपछि आवश्यकताअनुसार कानुन कार्यान्वयनका लागि कारवाही गर्दछन् । नभए सम्झाइ बुझाइ गर्छन् ।

र, ट्राफिक नियम पालनामा सतर्क रही प्रवृत्तिको विकास गर्न सुझाउँदछन् ।” आत्मीयता र सम्मान प्रकट गर्नका लागि नमस्कारको सुरुवात गरेको उनले बताए ।

प्रकाशित मिति: ०८:०२ बजे, मंगलबार, चैत ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्