वीरगंजमा एन्जियोप्लास्टी सेवा शुरु
वीरगंज, फागुन १२ : प्रदेश २ को वीरगंजमा एन्जियोप्लास्टी सेवा शुरु भएको छ । वीरगंज हेल्थ केयर हस्पिटलले यो सेवा शुरु गरेको हो ।
शहीद गंगालाल ....
वीरगंज, फागुन १२ : प्रदेश २ को वीरगंजमा एन्जियोप्लास्टी सेवा शुरु भएको छ । वीरगंज हेल्थ केयर हस्पिटलले यो सेवा शुरु गरेको हो ।
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बासवारीका दक्ष चिकित्सकसँगको सहकार्यमा एन्जियोप्लास्टी सेवा शुरु गरिएको अस्पताललका प्रबन्ध निर्देशक अबुुलहैस अन्सारीले बताए ।
गंगालालकै शुल्कमा वीरगंजमा पनि सेवा प्रदान गरिने अस्पतालले जनाएको छ । यस अघि एन्जियोग्राफी सेवा संचालन गरेको थियो ।
यो अस्पतालले ०६७ देखि ल्याप्रोस्कोपि सि आर्म मेसिन र भेन्टिलेटरसहितको अत्याधुनिक अपरेशन थिएटर, भेन्टिलेटरसहितको आइसीयु र एनआईसियु सेवा उपलब्ध गराउँदै आएको छ ।
एन्जियोप्लास्टी सेवा शुरु भएपछि प्रदेशकै विरामीलाई सहज हुने गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रबि मल्लले बताए ।