मधेस सरकारलाई विश्वासको मतको विपक्षमा उभिने एमाले तयारी
जनमत पार्टीले गतसरकारबाट समर्थन फिर्ता लिँदै बाहिरिएपछि मधेश सरकारका मुख्य मन्त्री यादवले आज आइतबार विश्वासको मत लिन थालेका हुन्। प्रदेश सरकारले तेस्रो पटक विश्वासको मत लिँदै छ।काठमाडौं, फागुन ६ ः एमालेले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई विश्वासको मत नदिने तयारी गरेको छ।
जनमत पार्टीले गतसरकारबाट समर्थन फिर्ता लिँदै बाहिरिएपछि मधेश सरकारका मुख्य मन्त्री यादवले आज आइतबार विश्वासको मत लिन थालेका हुन्। प्रदेश सरकारले तेस्रो पटक विश्वासको मत लिँदै छ।
जनमत पार्टीसँगै एमालेले पनि विश्वासको मत नदिने तयारी गरेको मधेश प्रदेशका एमाले नेताहरुले संचारमाध्यमलाई प्रतिक्रिया दिएका छन्। मधेश प्रदेश सरकारमा सभामुखबाहेक एमालेको २३ र जनमत पार्टीको १३ सिट सख्या छ।
एमाले र जनमत पार्टीले विपक्षमा उभिँदा पनि सत्ता गठवन्धान दलको समर्थनले मात्र पनि मधेश सरकारले बहुमत पाउने छ। सत्ता गठवन्धनमा सामेल दलहरु कांग्रेस, जसपा, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको मतले स्पष्ट बहुमत पुग्ने अवस्था छ।
मधेश सरकारका लागि कम्तीमा ५४ प्रदेश सांसदको समर्थनको आवश्यकता पर्दछ। गठबन्धन दलबाटै मुख्यमन्त्री यादवको पक्षमा ६५ मत देखिएको छ।