बुटवलमा खुल्यो क्लोथ बैंक, सातै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य
शनिबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, महानायक राजेश हमाल लगायतले क्लोथ बैंकको उद्घाटन गरे ।
बुटवल, फागुन ६ : बुटवलमा विपन्न र गरिब समुदायलाई लक्षित गरेर कपडा बैंक (क्लोथ बैंक) सञ्चालनमा आएको छ । शनिबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, महानायक राजेश हमाल लगायतले क्लोथ बैंकको उद्घाटन गरे ।
नगरप्रमुख पाण्डेयले क्लोथ बैंकमा जम्मा हुने कपडाले विपन्न वर्गलाई न्यानो प्रदान गर्न सकिने बताए । बैंकले बुटवल नगरभित्रका विभिन्न उपयुक्त स्थानमा संकलन बक्स राख्नेछ र संकलित कपडालाई पुनः प्रशोधन गरेर आवश्यकताका आधारमा वितरण गर्ने जनाएको छ।

कार्यक्रममा महानायक राजेश हमालले समाज परिवर्तनका लागि युवा समूहले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै उक्त कार्यमा आफू संलग्न हुन पाउँदा खुसी लागेको बताए ।
क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जीसीले देशका सातै प्रदेशमा सञ्चालन हुन लागेको यो अभियानको बुटवलबाट औपचारिक शुभारम्भ भएको बताए ।
प्रकाशित मिति: ०८:५५ बजे, आइतबार, फागुन ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












