बाजुराको जगन्नाथ गाउँपालिकामा बम विस्फोट
बाजुरा, चैत ३ : बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गेटमा बम विस्फोट भएको छ। अज्ञात समूहद्वारा कार्यालय परिसरको ढोका नजिकै बम विस्फ....

बाजुरा, चैत ३ : बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गेटमा बम विस्फोट भएको छ। अज्ञात समूहद्वारा कार्यालय परिसरको ढोका नजिकै बम विस्फोट भएको गाउँपालिकाले जनाएको छ।
प्रहरी चौकी र नियमित प्रहरी सुरक्षा खटिएकै क्षेत्रमा बम विस्फोट भएपछि जनप्रतिनिधि र स्थानीय त्रसित बनेका छन्।
अज्ञात समूहले सोमबार बिहान कार्यालयको ढोकाभन्दा करिब ५० मिटरको दूरीमा बम विस्फोट गराएको प्रहरी प्रमुख भट्टराइले बताए।
जिल्लामा चन्दा आतङ्क मच्याइरहेकोले विस्फोट 'विप्लव' समूहले गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८:१८ बजे, सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

