Kathmandu Press

रुसमा नभाल्नीको सम्झनामा गरिएका शोक सभाबाट एक सयभन्दा बढी पक्राउ

क्रेमलिनका ४७ वर्षीय क्रेमलिनका कट्टर आलोचक नभाल्नीको रूसको आर्कटिकमा १९ वर्षको जेल सजाय काटिरहेका बेला मृत्यु भएको शुक्रबार रूसी अधिकारीहरूले बताएका थिए।
रुसमा नभाल्नीको सम्झनामा गरिएका शोक सभाबाट एक सयभन्दा बढी पक्राउ
Hardik ivfHardik ivf

मस्को, फागुन ५ : रूसी प्रहरीले विपक्षी नेता एलेक्सी नभाल्नीको स्मृतिमा राखिएको शोक कार्यक्रमका सहभागी स्मारकमा १०० जनाभन्दा बढीलाई हिरासतमा लिएको ओभीडी–इन्फो नामक मानव अधिकारवादी समूहले शनिबार जनाएको छ। 

क्रेमलिनका ४७ वर्षीय क्रेमलिनका कट्टर आलोचक नभाल्नीको रूसको आर्कटिकमा १९ वर्षको जेल सजाय काटिरहेका बेला मृत्यु भएको शुक्रबार रूसी अधिकारीहरूले बताएका थिए। मृत्युको खबरलेरूसभित्र र बाहिर रहेका नाभाल्नीका समर्थक तथा प्रशंसकहरू शोकमा डुबेका छन्।

रूसका अस्थायी स्मारकहरूमा फूल राख्न मानिसहरू भेला भएका थिए र केही घटनामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको सामाजिक सञ्जालमा सम्प्रेषित फुटेजले देखाएको छ। ओभीडी–इन्फोका अनुसार फेब्रुअरी १७ सम्ममा रूसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्गका ६४ सहित १० शहरमा १०१ भन्दा बढीलाई हिरासतमा लिइएको छ।

राजधानी मस्कोमा ११ जना र निज्नी नोभगोरोड, क्रास्नोडार, रोस्तोभ–अन–डन र ट्वेर शहरमा ११ जनालाई हिरासतमा लिइएको छ। रूसमा असहमति विरोधी कडा कानुनअन्तर्गत विरोध प्रदर्शन गैरकानुनी छ र अधिकारीहरूले नभाल्नीको समर्थनमा हुने र्‍यालीमा कडाइ गरेका छन्।

रूसको राजधानी मास्कोको मध्यभागमा हुने विशाल र्‍यालीमा भाग लिन अनलाइनमार्फत गरिएको आह्वानबारे आफूहरू जानकार रहेको र त्यहाँ उपस्थित नहुन चेतावनी दिइएको रूसी प्रशासन र सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन्।

प्रकाशित मिति: १७:२७ बजे, शनिबार, फागुन ५, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्