Kathmandu Press

प्रधानसेनापति शर्माद्वारा पाथीभराको दर्शन

प्रधानसेनापति शर्माद्वारा पाथीभराको दर्शन

ताप्लेजुङ, फागुन ४ : प्रधानसेनापति प्रभुराम शर्माले आज पाथीभराको दर्शन गरेका छन्।

बिहान हेलिकप्टरमार्फत पाथीभरा आउनुभएका शर्माले पाथीभराको दर्शन गरेर फर्किएको हो। नेपाली सेनाको हेलिकप्टरमा आएका शर्मा पाथीभराको दर्शन (पूजापाठ) पछि सुकेटार विमानस्थल हुँदै फर्किएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। 

पाथीभराको दर्शनपछि यस क्षेत्रमा पछिल्लो समयमा भएको समग्र परिवर्तनले आफू उत्साहित बनेको उनले बताए। गत वर्ष पनि पाथीभराको दर्शनमा आएका शर्माले यस पटक आउँदा पाथीभरा क्षेत्रमा धेरै परिवर्तन भएको बताए। शर्मा सुकेटार विमानस्थल हुँदै काठमाडौँ फर्किएका छन्।

प्रकाशित मिति: १६:३१ बजे, शुक्रबार, फागुन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्