Kathmandu Press

दिल्लीमा आगलागीका कारण ११ जनाको मृत्यु

अधिकारीका अनुसार आगलागीका कारण शवहरू पहिचान गर्न नसक्ने गरी जलेकाले मृतकको पहिचान हुन सकेको छैन। आगलागीका सबै पीडितहरू कारखानाका मजदुरहरू थिए। 
दिल्लीमा आगलागीका कारण ११ जनाको मृत्यु

नयाँ दिल्ली, फागुन ४ : दिल्लीमा बिहीबार भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको स्थानीय अग्निनियन्त्रण विभागका अधिकारीले शुक्रबार बताउन भएको छ। 

अधिकारीका अनुसार आगलागीका कारण शवहरू पहिचान गर्न नसक्ने गरी जलेकाले मृतकको पहिचान हुन सकेको छैन। आगलागीका सबै पीडितहरू कारखानाका मजदुरहरू थिए। 

Hardik ivf

दुर्घटनामा दिल्लीका एक प्रहरी र दुई महिलासहित चार जना घाइते भएका छन्। घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

आगलागी उत्तरपश्चिम दिल्लीको आवासीय क्षेत्रको छेउमा अवस्थित रङ (पेन्ट) उत्पादन गर्ने कारखानामा भएको हो। आगलागीका कारण वरपरका घरहरू प्रभावित भएका छन् भने अग्निनियन्त्रण विभागका कर्मचारीहरूको निरन्तरको सहयोगमा कम्तीमा चार घण्टापछि शुक्रबार बिहानसम्ममा आगो नियन्त्रणमा आएको थियो। 

नजिकैका घरहरू तथा पसलहरूमा आगो लागेपछि ठूलो विस्फोटको आवाज सुनिएको तर आगलागीको कारण अहिलेसम्म थाहा हुन नसकेको स्थानीयहरूले बताएका छन्। 

प्रकाशित मिति: १५:४९ बजे, शुक्रबार, फागुन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्