Kathmandu Press

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने

जनमत पार्टी सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी गरेका हुन्। यादवले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। 
मधेस प्रदेशका मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने

काठमाडौं, फागुन ४ : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार विश्वासको मत लिने भएका छन्।

जनमत पार्टी सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी गरेका हुन्। यादवले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। 

Hardik ivf

संविधानतः सरकारबाट कुनै दलको समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने हुन्छ। सोही अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी गरेका हुन्।

सत्ता गठबन्धनमा सामेल दलहरुले मुख्यमन्त्री यादवलाई तत्काल समर्थन गर्ने सहमति बनेसँगै विश्वासको मत पाउने निश्चित भएको छ। मधेश प्रदेशमा जनमत पार्टी सरकारबाट हटेपछि दुई मन्त्रालय रिक्त छ  । 

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता रहेका यादव सुरूमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए। एमाले सरकारबाट बाहिरिएपछि यादवले दोस्रो पटक मुख्यमन्त्रीले विश्वासको मत लिएका थिए।

एमालेले भने यादवलाई विश्वासको मत दिने/नदिनेबारे औपचारिक निर्णय गर्न बाँकी छ। जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रमुख प्रतिपक्षी दलमा दाबी गरेको छ। 
 

प्रकाशित मिति: १४:४९ बजे, शुक्रबार, फागुन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्