Kathmandu Press

बजेटको सिलिङ १८ खर्ब तोकियो

सरोकारवाला निकायसँग छलफल गरे। राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सो सिलिङ निर्धारण गरेको उनले जनाए।
बजेटको सिलिङ १८ खर्ब तोकियो

काठमाडौं, फागुन ४ : आगामी आर्थिक वर्षको बजेटका लागि सिलिङ तोकेको छ। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेटका लागि १८ खर्ब बजेट सिलिङ तोकिएको बताए।

सरोकारवाला निकायसँग छलफल गरे। राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सो सिलिङ निर्धारण गरेको उनले जनाए। अर्थमन्त्री महतले सिलिङ निर्धारणमा कुनै विवाद नरहेको पनि बताए।

चालु आवको बजेटको अर्धवार्षिक समीक्षाले खर्चको अनुमान घट्नु बजेट घटेको अर्थ लगाउन नमिल्ने अर्थमन्त्री महतले सो अवसरमा बताए। महतले संसदबाट पारित भएको बजेट अर्थमन्त्रालय एक्लैले संशोधन गर्न नसक्ने भन्दै खर्च र आम्दानीको लक्ष्य नपुग्ने अनुमान मात्र गरिएको बताए।

प्रकाशित मिति: ११:४३ बजे, शुक्रबार, फागुन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्