Kathmandu Press

च्यासिंखर्कमा स्वास्थ्यचौकी र बाटो एकसाथ सिलान्यास

अगामी ६ महिनाभित्र निर्माण सम्पन्न हुने भवनको निर्माण लागत १ करोड १० लाख ६० हजार ३ सय ४८ रुपैयाँ छ।
च्यासिंखर्कमा स्वास्थ्यचौकी र बाटो एकसाथ सिलान्यास

काभ्रे, फागुन ३ : बेथानचोक गाउँपालिका–५ च्यासिंखर्कमा स्वास्थ्यचौकी र बाटो गरी २ वटा आयोजनाको एकसाथ सिलान्यास भएको छ।

वडा नं. ५ मा संघीय अनुदानमा बन्ने स्वास्थ्यचौकी भवनको बिहीबार बेथानाचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले सिलान्यास गरे।

Hardik ivf

अगामी ६ महिनाभित्र निर्माण सम्पन्न हुने भवनको निर्माण लागत १ करोड १० लाख ६० हजार ३ सय ४८ रुपैयाँ छ। भवन निर्माणका लागि सान्भी इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए।

उनले आयोजना बहुवर्षीय भएको र आगामी २ वर्षसम्म प्रत्येक वर्ष १ करोड ७५ लाख विनियोजन हुँदै जाने बताए। स्वास्थ्यचौकीका लागि विशेष संघीय अनुदान अन्र्तगत एक करोड पचहत्तर लाख उपलव्ध गराएको उनले बताए।

यस्तै बिहीबारै प्रदेशको समपुरक बजेट अन्तर्गत गाउँपालिका र प्रदेशको साझेदारीमा कपेर महांकाल–चौकीडाँडा सडकको पनि अध्यक्ष अधिकारीले शिलान्यास गरेका छन्। अगामी असार समान्तसम्म निर्माण सक्नेगरी मान्सा कन्ष्ट्रक्शन एण्ड सप्लायर्स प्रालिले ठेक्का पाएको छ।

शिलान्यास कार्यक्रममा अध्यक्ष भगवान अधिकारीले आयोजनाको काम के कति भयो भनेर चासो राख्न समुदायलाई आग्रह गरे। उनले शिलान्यास, उद्धघाटन कार्यक्रम कुनै पनि राजनितिक दलका कार्यक्रम नहुने र यस्तो कार्यक्रम सिंगो जनताको र गाउँपालिकाको हुने भएकाले गाउँ ठाउँका विकास निर्माण र यसको गुणस्तरमा चासो राख्नु पर्ने बताए।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले ‘क्लालिटी र क्वान्टिटी’ को काम गर्न निर्माण कम्पनीहरुलाई आग्रह गर्दै निर्माण कम्पनीले रकम लिनको लागि पहिला गाउँपालिकाको खातामा रकम जम्मा हुने र पालिकाले के–कति काम भएको छ भनेर प्रत्यक्ष रुपमा अनुगमन गरेर मात्र त्यस वपत मात्र भुक्तानी गर्ने भएको कारणले काम छिटो र गुणस्तरयुक्त गर्न पनि आग्रह गरे।

कार्यक्रममा वडा नं। ५ का अध्यक्ष राजकुमार वाइबाले गाउँमा आएका विकासका बजेट कहाँबाट आयो, कस्ले ल्यायो भन्ने कुरामा नलागी आएको आयोजनालाई स्तरीय ढंगले निर्माण सम्पन्न गराउन सबै पक्षको हातेमालो आवश्यक भएको उल्लेख गरे। उनले स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएपछि स्थानीयले सहज उपचार पाउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १८:३९ बजे, बिहीबार, फागुन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्